
काठमाडौं । नेकपा (एमाले) ले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति विरुद्व उक्त विरोध प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ।
आइतबार संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री बालेन्द्र साहले सदनमा दिएको अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको आयोजना गरेको हो ।