वीरगन्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८३

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकले बताए ।

गत १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


Published :जेष्ठ १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media