आज बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८३

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल हुनेछ । संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


Published :जेष्ठ १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media