
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दु कायम भएको हो।
यसदिन ३५६ वटा स्क्रिप्सको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँमा खरिदबिक्री भए।
आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार भए। जसमा ४१ कम्पनीका सेयरमूल्य बढे भने २२३ कम्पनीका सेयर मूल्यमा गिरावट आयो।
दोहोरो अंकले घटेको बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। क्रिस्ट माइक्रोको १३.११, सोपानको ९.९८ र सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत वृद्धि भयो।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड ४६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।