दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतले दीपक भट्टसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो । थुनछेक बहस सकिएसँगै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

विशेष अदालतको आदेशपछि उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ। अदालतले मुद्दाको प्रकृति, उपलब्ध प्रमाण तथा अनुसन्धानका आधारमा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ।

सम्पत्ति शुद्धीकरणको आरोपमा दायर मुद्दामाथि सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो। आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायले प्रतिवादीहरूलाई अदालतबाट कारागारतर्फ लगेको जनाएको छ।

मुद्दासम्बन्धी थप सुनुवाइ र न्यायिक प्रक्रिया विशेष अदालतमा निरन्तर अघि बढ्नेछ।


Published :असार ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media