विश्वकपः स्वीडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्सको सानदार जित

काठमाडौँ । कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि जारी विश्वकपमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति ह्युस्टन रंगशालामा ६९ हजार दर्शकमाझ निकालेको सानदार जितसँगै डच टोली नकआउट चरणको नजिक पुगेको छ ।

पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ ।


Published :असार ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media