विष्णु पौडेल थप तीन दिन हिरासतमै

राष्ट्रपाटी न्युज

असार १५, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हिरासत अवधि तीन दिन थप गरिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको इजलासले सोमबार अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।


Published :असार १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media