एम्बाप्पे र मेसीबीच गोल्डेन बुटमा तीव्र प्रतिस्पर्धा

राष्ट्रपाटी न्युज

असार २१, २०८३

काठमाडौँ । फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन् ।

प्रतियोगितामा एमबाप्पेको यो सातौँ गोल हो । योसँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा मेस्सीकै बराबरीमा पुगेका हुन् ।

व्यक्तिगत रूपमा एमबाप्पेको उत्कृष्ट विश्वकप यात्रा जारी रह्‍यो । उनी सात गोलसहित मेसीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।

सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा फ्रान्सका एमबाप्पे र अर्जेन्टिनाका मेसी शीर्ष स्थानमा रहेका छन् । दुवै खेलाडीले समान ७-७ गोल गर्दै शीर्ष स्थानमा पुगेका हुन् ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् ।

यस्तै, नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका ह्यारी केन समान ५-५ गोलसहित तेस्रो स्थानमा छन् । हालान्डले मात्र ३ खेलमा ५ गोल छन् । केनले भने ४ खेलमा ५ गोल गरेका हुन् ।

सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार रहेका छन् । उनीहरू सबैले समान ४-४ गोल गरेका छन् । डेम्बेले र भिनिसियसले समान २-२ असिस्ट गर्दा ओयारजाबाल र सारको नाममा १-१ असिस्ट रहेको छ ।


Published :असार २१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media