विश्वकपः गोल्डेन बुटमा त्रिपक्षीय भिडन्त

राष्ट्रपाटी न्युज

असार २२, २०८३

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेसीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।

भर्खरै सम्पन्न उप-क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा नर्वेका हालान्डले ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले मेस्सी र एम्बाप्पेको संख्यासँग बराबरी गरेका हुन्।

विश्वकपको ट्रफीसँगै व्यक्तिगत विधा तर्फको यो प्रतिष्ठित अवार्ड जित्नका लागि यी तीन खेलाडीबीच आगामी खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् । नर्वेका अर्लिङ हालान्डले चार खेलमा ७ गोल गरेका हुन् ।

मेसी, हालान्ड र एम्बाप्पेले समान सातसात गोल गरेका हुन् । मेसीले एक खेल कम खेल्दै सात गोल पुर्याउँदा हालान्ड र एम्बाप्पेले एक खेल बढी खेलेका छन्।


Published :असार २२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media