कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित

राष्ट्रपाटी न्युज

असार २३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनित गरेको छ ।

पार्टी उपसभापति एवं प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले आज पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्रका विज्ञलाई मनोनित गरेका हुन् । संयोजक शर्माले पार्टीका केन्द्रीय सदस्य प्रकाश पन्थ, अल्पसङ्ख्यक ह्योल्मो समुदायको विषयमा विद्यावारिधि गरेका डा प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वअध्यक्ष रेशम गुरुङलाई मनोनित गरेका छन् ।

कृषि अभियन्ता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले, आमसञ्चारमा स्नातकोत्तर गरेका मोहन गजुरेल, अनुपा श्रेष्ठ र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईंलाई मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेसको नीतिगत स्पष्टता, अनुसन्धान र कार्यकर्ता प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ ।


Published :असार २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media