
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा र पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले विभिन्न नारासहित सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेका थिए ।
उनीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।