
काठमाडौं । रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ५.० स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे निगरानी गरिरहेको र क्षतिसम्बन्धी विवरण संकलन भइरहेको बताएका छन्।
भूकम्प आएपछि स्थानीयवासी केही समय घरबाहिर निस्किएका थिए। थप विवरण आउन बाँकी छ।