सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

राष्ट्रपाटी न्युज

साउन १४, २०८३

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिए।

विकलाई सोही वडाको धुलियाबिटनजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो। अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उनलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो।

लखनउ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहाराले बताए। उनका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।


Published :साउन १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media