सुक्खा पहिरो पन्छाएपछि नारायणगढ–काठमाडौँ सडक सुचारु

राष्ट्रपाटी न्युज

साउन ३१, २०८३

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०:२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। रातभर उपकरणको प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारी साधनको आवागमन सहज पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक खुलेसँगै रातभर बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।


Published :साउन ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media