
काठमाडौँ । नेपाल संवत ११४६ को मिस नेवा तिसा शाक्य बनेकी छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिस नेवा प्रतियोगिताको १९ औं संस्करणमा उनी उकृष्ट प्रतियोगीका रुपमा छनोट भएकी हुन् ।
त्यसैगरी प्रतियोगितामा फस्ट रनर अपमा सारिका मर्हजन र सेकेन्ड रनर अपमा जेसिका श्रेष्ठ विजयी भए ।
हेमा मानन्धर नेपलिज फेसन हाउस एनएफएच इभेन्ट्सको आयोजनामा भएको यस प्रतियोगितामा १७ जना सहभागी रहेका थिए । आयोजकले प्रतियोगीहरुलाई दुई महिना लामो विभिन्न तालिम दिइएको थियो ।
नेपाल भाषा तथा संस्कृति प्रर्वद्धन र उत्थान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक हेमा मानन्धरले बताइन् ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नयाँ पुस्तालाई सांस्कृतिक महŒव, मौलिकता र स्थानीय कला संस्कृतिको लागि नेवाः मिस नेपाल प्रतियोगिता सहयोगी माध्यम हुने सो अवसरमा बताइन् ।
पूर्व मिस नेवाः समेत रहेकी कार्यवाहक मेयर डंगोलले नेपाल भाषाको महŒव, मौलिकता र उत्थानको लागि नयाँ पुस्ताको भूमिकालाई यस्ता प्रतियोगिताहरुले सहयोग गर्ने विश्वास गरिन् ।
त्यसैगरी कार्यक्रममा नमूना कलेज तथा फेसन डिनाइनर टेक्लोलोजीका प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले प्रतियोगिातको महŒवलाई दर्शाउँदै युवा पुस्तामा आफ्नै मौलिकताको सरंक्षण गर्ने प्रतियोगिताको उद्देश्य रहेको बताइन् । तुलाधर प्रतियोगिताको निर्णायक मण्डलकी संयोजकसमेत थिइन् ।