रुकुम-पश्चिमको सानीभेरीमा माइक्रोले ठक्कर दिँदा आमाछोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -८ एकान्तमा गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ । शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रो बसले ठक्कर दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगेपनि बिहान ९:३० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Published :भदौ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media