बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते, २ जनाको अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

मंसिर २१, २०७९

बैतडी । बैतडीमा जिप दुर्घटना ४ जना घाइते भएका छन् । बझाङबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ च १२२६ नम्बरको जिप बुधबार बिहान ८ः३० बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखान नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइेत हुनेमा बझाङको बुङगल नगरपालिका-९ का ७० बर्षीया काली पातली सोही ठाउँका ४५ बर्षीया नरपति पातली ,४० बर्षीया नरमा पातली र केरारस्यँ गाउँपालिका-५ का जीप चालक समेत रहेका २० बर्षिया धनबहादुर गुरधामी रहेका छन् ।

घाइतेको उद्वार गरी डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता जोशीले बताउनुभयो । घाइते काली र नरपतिको अवस्था गम्भिर रहेको छ । जिप आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरी जनाएको छ ।


Published :मंसिर २१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media