किशोर अधिकारीले पाएनन माननीय बन्न

राष्ट्रपाटी न्युज

मंसिर २४, २०७९

काठमाडौं। नेकपा एमालेका केन्द्रिय सदस्य एबम ओखलढुंगा एमालेका पुराना नेता किशोर अधिकारीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् – “१ नं.प्रदेस समानुपातिक सदस्य भनेर ज जसले मलाई बधाई दिएर हतारमा पाेष्ट गर्नु भएको थियोे।त्याे सत्यभएन र रहेन। इमानदारीपूर्वक सबैले तुरुन्तै हटाएर सहयाेग गरिदिन विनम्र साथ अनुराेध गर्दछु।”

प्रदेश नम्बर १ बाट करिव निश्चित माननीय भन्दै चुनाव भर प्रचार गरिएका अधिकारी को यो पोष्ट ले पुष्टि गर्छ कि उनि अब माननीय नबन्ने भए। प्रतक्ष्य तर्फ स्थानीय निकायको चुनावमा गलत ढंगले टिकट वितरण र अन्य पार्टीबाट आयातितहरुलाइ चाहिने भन्दा बढी महत्व दिएपछि हार बेहोरेको एमालेले अधिकारीलाई समेत माननीय नबनाउने भएको हो।

यस निर्वाचानबाट ओखलढुंगाले थप माननीय पाउने सम्भावना टरेको छ।

 

 


Published :मंसिर २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media