पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वरमा बाबुछोरीको मृत्यु

राष्ट्रपाटी न्युज

साउन २१, २०८०

काठमाडौँ । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिँदा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उनका अनुसार पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको हो ।

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।


Published :साउन २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media