कैदी मृत्यु प्रकरणमा जेलरविरुद्ध पक्राउ पुर्जी

राष्ट्रपाटी न्युज

साउन २८, २०८०

काठमाडौं । संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु प्रकरणमा जेलर राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएकामध्ये चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् ।


Published :साउन २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media