एन प्याब्सन काठमाडौँ जिल्लाको उपाध्यक्षमा समिर बास्तोलाको उम्मेद्वारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा समिर बास्तोलाले उम्मेदवारी दिने भएका छन्।

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा बास्तोलाले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । हाल समितिको सहसचिव पदमा रहेका बास्तोलाले काठमाडौँ जिल्ला समितिमा रहेर दुइ कार्यकाल काम गरिसकेका छन् भने हालको कार्यसमितिमा सचिवालय सदस्य तथा प्रकाशन विभाग प्रमुख भएर काम गरिरहेका छन् ।

यस अगाडि बास्तोला नेशनल प्याब्सनको परीक्षा विभाग सह संयोजक भएर काम गरिसकेका छन् । उनले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले संचालन गरेका विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेलेका छन् । बास्तोला हाल प्रशान्ति एकेडेमी कपनका संस्थापक/प्रधानाध्यापकका रूपमा कार्यरत छन् ।

विशेषगरी बूढानिलकण्ठ नगरपालिकाको शिक्षा क्षेत्रमा अति  सक्रिय बास्तोला बूढानिलकण्ठ शिक्षा समिति सदस्यको रुपमा एक कार्यकाल काम गरिसकेका छन् ।

साथै वुनपा शिक्षा कार्यविधि निर्माण समिति र स्थानिय पाठ्यक्रम लेखनमा पनि उनको संलग्नता रहेको छ। हाल उनले ईकोनोमी एन्ड पोलिसी विषयमा रसियाको सिनर्जि युनिभरसिटिबाट पिएचडी फाउन्डेसन कोर्स गरिरहेका छन । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय बास्तोला नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा अझ सुधारात्मक प्रयासका साथ काम गर्दै आएका छन् ।


Published :भदौ १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media