प्याब्सक अध्यक्ष राजन श्रेष्ठले एन प्याब्सन काठमाडौंको सचिवमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यही भदौ २७ गते सोल्टी होटलमा काठमाडौं जिल्ला समितिको आठौं अधिवेशन हुँदैछ ।

श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । बर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेका उनले यस अगाडिको कार्यकालमा स्वास्थ्य विभाग प्रमुख भएका थिए ।

नेशनल प्याब्सनका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागी हुने उनी मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रिन्सिपल हुन् । उनले अँग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैछन् ।

विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

उनी केहि समय अघि करिव ५० भन्दा धेरै बिधालय सदस्य रहेको क्ल्स्चर संस्था प्याब्सकमा निर्वाचन जितेर अध्यक्ष बनेका थिए ।

‘काठमाडौं जिल्ला समितिको सचिव भएर सचिवालय व्यवस्थापन सहित स्तरीय कार्यक्रम गरी नेशनल प्याब्सनको गरिमा बढाउने गरी काम गर्ने उनले बताएका छन् ।


Published :भदौ १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media