जुम्लाको कनकासुन्दरीमा जिप दुर्घटना, दुईजनाको मृत्यु

वीरेन्द्रनगर । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए। चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ। जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ।

आइतबार बिहान ६:४५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Published :भदौ १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media