
ओखलढुंगा। जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमाशयको क्यान्सरबाट पीडित खनालको उपचारकै क्रममा ७३ वर्षको उमेरमा शनिबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।
०७९ को निर्वाचनमा सिद्धिचरण नगरपालिका ३ को वडा सदस्य बनेर जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका उनि ०७४ को स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए। कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।
खनालका दुई छोरा दुई छोरी छन् । दिवंगत खनालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।