पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा आठजना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

पाँचथर । पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को१ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटना भएको हो।

दुर्घटनामा याङवरक-३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक-७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ। अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो।

ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media