ऐतिहासिक दसैंघरमा भित्र्याइयो फूलपाती

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८०

पाल्पा । पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघर, निसान भगवती लगायत कोतघर, देवीका मन्दिरमा शनिबार फुलपाती भित्राइएको छ ।

तत्कालीन पश्चिम जनरल कर्नेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा स्थापना गरेको दसैघरमा परम्परा धान्दै नेपाली सेनाको सलामीसहित फुलपाती भित्राइएको हो ।

पाल्पा दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको नागपोखरीस्थित नेपाली सेनाको दि फेमस महिन्द्रदल गण टुंडिखेल गएका थिए । सैनिक, प्रहरी, सलामी दिएर दसैघरमा पुजाआजासहित फुलपाती ल्याएर भित्रायाउने चलन रहेको छ ।

तानसेन बजारको पाल्पा दरबार परिसरमा स्थापना गरेको दसैघरमा रहेको कोतघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि दैनिक पुजा गर्ने परम्परा छ ।


Published :कार्तिक ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media