काठमाडौँको बल्खुमा एक पुरुषको शव फेला

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ। नुहाउने क्रममा उनी डुबेका हुन्। तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


Published :कार्तिक २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media