नेप्सेमा उच्च अंकको गिरावट, ३ अर्ब ६४ करोडमाथिको कारोबार

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेपछि लगानीकर्तामा बढेको चिन्ताको प्रभाव बजारमा देखिएको हो ।

भदौ १० गते आएको भीषण बाढीबाट रसुवा र नुवाकोटमा ६ वटा हाइड्रोपावरमा क्षति पुगेको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको हो। यसदिन ३४७ वटा स्क्रिप्सको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३.१६ प्रतिशतले बढ्दा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर १४.९८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २६ करोड मूल्य बराबरको कारोबार गर्यो।  सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रिजले १५ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्गस मिल्स र चिलिमे हाइड्रोपावरले १२/१२ करोडको कारोबार गरे भने एसवाइ प्यानल नेपालले ११ करोडको कारोबार गर्यो।

कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २५३ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।


Published :भदौ १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media