गृहमन्त्री श्रेष्ठलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी अस्पतालमा

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८०

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेट गर्नुभएको छ ।

शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा पूर्वराष्ट्रपतिले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिनुभयो ।

हाल उनको गंगालालको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ ।


Published :मंसिर २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media