
काठमाडौं। नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले यही माघ २० गते टुँडिखेल काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले यही माघ २० गते बिहान १० बजे उक्त कार्यक्रमको उद्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। देशव्यापी रुपमा समेत संचालन गर्ने उदेश्य रहेको उक्त कार्यक्रमको मुख्य उदेश्य समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति भन्ने भावना जागृत गराउनु रहेको नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन्।
उक्त महोत्सवको दिन विभिन्न छलफलका सत्रहरू संचालन गरिने आयोजकले जानकारी दिएको छ। नेपालमा युवा रोजगारी तथा उधमशिलता सम्बन्धमा प्रकाश श्रेष्ठ,नेपाली सेयर बजार र युबा लगानी सम्बन्धमा सुरेश देवकोटा,मनोसामाजिक स्वाश्थ्य र युवा सम्बन्धमा प्रा चन्द्रकला शर्मा ,युवा र सडक सुरक्षा सम्बन्धमा प्रतिक्षा केसी, युवा र शिक्षा सम्बन्धमा धर्म गिरि ,युवा र राजनीति सम्बन्धमा क्षितिज थेवे ,जलवायु परिवर्तन र युवा सम्बन्धमा अमृत देवकोटा तथा युवा पुस्ता र महिला नेतृत्व सम्बन्धमा ऋतु भट्टराईले आफ्नो प्रस्तुति दिने बताइएको छ।
कार्यक्रममा बिभिन्न कलाकारहरुको बिबिध सांस्कृतिक प्रस्तुतिहरु हुने छन् भने बिभिन्न स्टलमा खानेकुराका परिकार रहने बताइएको छ।
नेपालको इतिहांसमा नै कुनै राजनीतिक दलले युवा लक्षित यति नविनतम एबम महत्वपूर्ण कार्यक्रम नगरेको भन्दै बिभिन्न क्षेत्रमा क्रियाशील युवा र अन्य समुदायका व्यक्ति व्यक्तित्व , संघ संस्थाहरु लगायत सम्पूर्णलाइ कार्यक्रम सहभागी हुन एमाले काठमाडौंले अनुरोध गरेको छ ।