गाजास्थित मस्जिदमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २०, २०८१

गाजा । गाजास्थित मस्जिदमा इजरायली आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । त्यहाँ रहेको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेको उक्त मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।

‘गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,’ एजेन्सीका प्रवक्ता महमुद बसालले भने ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।’ (रासस)


Published :अशोज २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media