चेल्सीको रोमाञ्चक जित,टोटनहमसँग म्यानचेस्टर सिटी पराजित

राष्ट्रपाटी न्युज

मंसिर ९, २०८१

काठमाडौँ । चेल्सीले इङ्लिस प्रिमियर लिगमा घरेलु टोली लेस्टर सिटीलाई चेल्सीले २-१ ले पराजित गरेको छ। उसकै मैदानमा चेल्सीले रोमाञ्जक जित हासिल गरेको हो। सिटीलाई पराजित गरेसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। १२ खेलबाट चेल्सीको २२ अंक भएको छ। पराजित लेस्टर समान खेलबाट १० अंकका साथ १७औं स्थानमा छ।

त्यस्तै शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले लज्जास्पद पराजय व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भएको हो।

गएराति भएका अन्य खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो। एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ तथा एभरटन र ब्रेन्टफोर्डले भने गोलरहित बराबरी खेलेका छन्।


Published :मंसिर ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media