आज एनपीएलको ट्रफी सार्वजनिक हुँदै

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल)को ट्रफी आज सार्वजनिक हुँदैछ।

बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ। पहिलो पटक नेपाल क्रिकेट संघ आफ्नै आयोजनामा क्रिकेट लिग हुन गइरहेको छ। यसको चर्चा अहिले विश्वभरका रहेका नेपाली क्रिकेट प्रेमीबीच छ।


Published :मंसिर १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media