
काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबल मैदानको नवनिर्मित संरचना उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली कपन आउने भएका छन्। उक्त संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगे संगै वली ह्यान्डबल मैदानमा ओर्लन लागेको बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिएका छन्। यहि मङ्सिर २८ गते शुक्रबार प्रधानमन्त्री ओलीले कपन ह्यान्डबल मैदानका अतिरिक्त बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १,२ र ७ को वडा कार्यालय समेत उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसैबीच उक्त क्षेत्रमा आज बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी एवं प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहितको टोलीले अनुगमन एवं निरीक्षण गरेको छ। उक्त टोलीले ठेकेदार कम्पनीलाई निर्माण एवं सरसफाईको काम द्रुतगतिमा सम्पन्न गर्न निर्देशन समेत दिएको थियो।
