एनपीएल फाइनलः टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पिच राम्रो रहेकाले सुरूमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको बताए।

जनकपुरका कप्तान आसिफ शेखले पनि आफूहरूले टस जितेको भए ब्याटिङ नै रोज्ने बताए। ‘तर, केही छैन राम्रो फिल्डिङ गर्नेछौं,’ उनले भने।

पहिलो सिजनको एनपीएलको फाइनल आज टियु मैदानमा हुँदैछ। लिग चरणको खेल र पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई फराकिलो अन्तरले पराजित गरेको सुदूरपश्चिम रोयल्सले फाइनलमा पनि नतिजा दोहोर्‍याउन चाहन्छ भने जनकपुर दुई हारपछि फाइनल जित्दै उपाधि उचाल्न चाहन्छ ।


Published :पुस ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media