मन्त्रिपरिषद्‍बाट शिक्षक र सरकारबीचकाे नौबुँदे सहमति अनुमोदन, आन्दोलन स्थगन

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८२

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । साे सहमतिलाइ बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदनसमेत गरेको छ ।

९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयन गर्न सरकारलाई ८ अर्ब दायित्व बढ्ने जानकारी पनि गराए ।

वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिएका हुन्  ।

साथै आगामी २०८२ असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

योसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगन गर्ने भएका छन् ।


Published :बैशाख १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media