प्रधानमन्त्री ओलीद्वारा फिफा फर स्कुल अभियानको शुभारम्भ

राष्ट्रपाटी न्युज

साउन १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे ।


Published :साउन १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media