एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक

राष्ट्रपाटी न्युज

साउन १६, २०८२

काठमाडौं । पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।

मलेसियाको कुचिङमा शुक्रबार भएको प्रतियोगितामा पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेकी हुन्। उनले पहिलो राउन्डमा १०-६ र दोस्रो राउन्डमा १३-० ले जित निकालेकी हुन्।

उनी सेमिफाइनलमा भने चीनकी कि युजिसँग पराजित भइन्।

जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका हुन्।


Published :साउन १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media