महिला एशियन कप छनोटमा उत्तर काेरियासँग नेपालको फराकिलो हार

राष्ट्रपाटी न्युज

साउन २५, २०८२

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो। पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो।

यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो। उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो।

यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो। प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो।


Published :साउन २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media