टप एण्ड टी–२०: पाकिस्तान शाहीन्ससँग नेपाल पराजित

काठमाडौं । टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग नेपाल पराजित भएको छ। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको खेलमा पाकिस्तान शाहीन्सले नेपालमाथि रोमाञ्चक जित निकालेको हो।

टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको नेपालले ७ विकेट क्षतिमा १४३ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशत पुरा गरे। उनले ४४ बलमा ५२ रन बनाएका हुन्।

यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा ४४ रन बनाए। कुशल भुर्तेल ९ बलमा ४ रन बनाएर आउट हुँदा आसिफ शेख ३० बलमा २७ रन बनाएर आउट भए।

यस्तै गुलसन झा ४ बलमा ३ रन बनाएर रनआउट भए। लोकेश बम ७ बलमा १० रन बनाएर कुशल मल्लले ३ बलमा २ रन बनाए। आरिफ शेख भने एक रन बनाएर नटआउट रहे।

पाकिस्तान शाहीन्सका लागि मोहम्मद सलमान १ विकेट लिए। यस्तै मोहम्मद वसीम र फैसल अकरमले सम्मान २–२ विकेट लिए।

सुरुमा बलिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने एक रनआउट गराए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए।

पाकिस्तान शाहीन्सका लागि कप्तान इरफान खानले सर्वाधिक ४२ रनमा अविजित रहे। त्यस्तै अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यसिर खानले १८ र मेहरान मुम्ताजले १० रन बनाए।

पाकिस्तान शाहीन्ससँग पराजित भएसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि सकिएको छ।


Published :भदौ ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media