आज ‘जेनजी’ सहिद दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media