एक महिलाद्वारा माइतीघरमा आत्मदाह प्रयास

काठमाडौं । माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन् । माइतीघर मण्डलामा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आत्मदाह प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती महिलालाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उद्धारलगत्तै उनलाई वीर अस्पताल पुर्‍याइएको छ । जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रमममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् । यस घटना सम्बन्धमा आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media