देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, “प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।”

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त  गरेका हुन् । सरकारले आज जेनजी दिवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media