पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ नयाँ संक्रमित

राष्ट्रपाटी न्युज

१४ आश्विन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन । र यही अबधीमा १ हजार ५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन ।

अब देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ हजार ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ८७ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

आज काठमाडौं उपत्यकामा मात्र ९ सय २ जना नयाँ संक्रमित थपिएका छन । यी मध्ये काठमाडौं जिल्लामा मात्र ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन ।

नेपालमा देशभर ५ हजार ७ सय २८ जना क्वारेन्टिनमा रहेका र २ सय १ जना आइसीयूमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो । यसैगरी देशभरमा जम्मा ३० जना भेन्टिलेटरमा उपचाररत छन ।।


Published :१४ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media