प्याव्सकले अन्तर विद्यालय फुट्सल कप गर्ने

काठमाडौं ,माघ २७।
निजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याव्सक)ले प्याव्सक कप फुट्सल -२०२१ आयोजना गर्ने भएको छ। यहि फागुन ५ ,६ र ७ गते हुने प्रतियोगिताका लागि काठमाडौं उपत्यका भरिका विद्यालयहरूलाई टिम दर्ता खुल्ला गरिएको फुटसल आयोजक समितिका संयोजक राजेन्द्र पुडासैनीले जानकारी दिएका छन्।

प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो प्रतियोगिता यसपटक सरस्वतिनगरको रफ्तार फुटसलमा आयोजना गरिने भएको हो। उक्त प्रतियोगितामा सामेल हुन् इच्छुक विद्यालयहरुका लागि ३ हजार इन्ट्री फि कायम गरिएको छ।


Published :माघ २७, २०७७


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media