कुसुम कुमार कार्की बने एमालेको समानान्तर जिल्ला कमिटि सचिव

राष्ट्रपाटी न्युज

२२ चैत्र २०७७

काठमाडौं । नेकपा एमालेको काठमाडौं कमिटीमा औपचारिक विभाजन आएको छ । माधव नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटीको घोषणा गर्यो ।
राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुम कुमार  कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् ।
नेपाल समूहको जिल्ला समिति २ सय २५ सदस्यीय रहेको छ ।

संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।

बागमती प्रदेश सदस्य तथा काठमाडौँ क्षेत्र नं ४ का एमालेका तत्कालिन अध्यक्ष कुसुम कार्की जिल्ला कमिटिको सामानान्तर सचिव बनेका छन् भने हरिराम ढुंगाना ,अजय सुब्बा लगायतका १९ जना स्थानीय नेताहरु क्षेत्र नं ४ बाट काठमाडौँ जिल्ला सदस्य चुनिएका छन्।

सूची:-


Published :२२ चैत्र २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media