लुम्बिनीमा संसदीय फोहोरी खेल , विमला वलीले रोजिन् माओवादी

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७८

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।
दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी प्रवेश गरेकी दाङ क्षेत्र नं ३ (ख)बाट नेकपाको उम्मेदवार भइ निर्वाचित विमलाकुमारी खत्रीलाई पार्टी दलको सदस्यता प्रदान गर्न लुम्बिनी संसदीय दलका नेता कुलप्रसाद केसीलाई निर्देशन दिएका छन् ।

प्रदेश सभा सदस्य खत्रीले दिएको निवेदन सदर गर्दै दाहालले केसीलाई संसदीय दलको सदस्यता प्रदान गरी काम कारबाहीमा सम्लग्न गराउन निर्देशन दिएका हुन् ।
उनी नेकपाबाट उम्मेदवार भएर उपनिर्वाचन जितेकाले पार्टी विभाजन भएको अवस्थामा रोज्न पाउने कानुनी व्यवस्था छ । त्यही अनुरुप उनले माओवादी रोजेकी हुन् ।
खत्रीले प्रेस वक्तव्य जारी गर्दै आफू माओवादी भएको बताएकी छन् ।

ओलीले जारी गरेको प्रेस वक्तव्य


Published :१९ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media