वलीले सात्तो खाएपछि दुई सांसदको फेरी शंकर पोखरेललाई समर्थन

राष्ट्रपाटी न्युज

२० बैशाख २०७८

काठमाडौं । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं,’ संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो ।’
विपक्षी गठबन्धनको उम्मेदवार कुलप्रसाद केसीको दावीमा आफूहरूको हस्ताक्षर प्रयोग गर्नु बदनियत र त्रुटिपूर्ण रहेको उनीहरुको दावी छ। ‘हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छौं,’ उनीहरुको भनाइ छ।
सूर्य चिन्हधारी हुँदाहुँदै पनि पार्टी नीतिविपरीत गएको भन्दै आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रीसमेत रहेका र सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठीसँग छलफल गरेका थिए । त्यस्तै सर्वेन्द्रनाथ शुक्लासँग पनि प्रधानमन्त्रीको छलफल भएको थियो ।
प्रधानमन्त्रीसँगको छलफल र सम्भावित कारवाहीले भयले नेता त्रिपाठी र सुक्लाले विपक्षी गठबन्धनलाई साथ नदिन निर्देशन दिएपछि प्रदेशमा उनीहरूले आफ्नो मनस्थिति बदलेका हुन् ।


Published :२० बैशाख २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media