रोलकल डिउटीका लागि तयार रहन सेनाको निर्देशन

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७८

काठमाडौं, वैशाख २२ गते । नेपाली सेनाले कोभिड १९ को बढ्दो सङ्क्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्यकर्मी सैनिकलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयार रहन निर्देशन जारी गरेको छ ।
सेनाले आज एक निर्देशन जारी गर्दै प्रधानसेनापतिको अध्यक्षतामा बसेको विशेष बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना तर्जुमा एबं कार्यान्वयनका लागि तयारी गरीरहेको र त्यसका लागि राष्ट्रलाई आवश्यक परेका बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिने निर्णय गरेकाे उल्लेख छ ।


Published :२२ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media