कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड, ९,०७० संक्रमित, ५४ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२३ बैशाख २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९०७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २११४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २७०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५२९ रहेको छ ।


Published :२३ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media